कैलालीमा बागी उम्मेदवारी दिने ७ नेता कांग्रेसबाट निष्काशन

Nisharg hospital

२८ असोज, धनगढी । कैलालीमा सत्तारुढ गठबन्धन र आफ्नै पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने ७ जना नेतालाई नेपाली कांग्रेसले पार्टीबाट निष्काशन गरेको छ ।

swostik

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा बागी उम्मेदवारी दिएका ७ नेतालाई पार्टीबाट निष्काशन गरिएको कांग्रेस कैलालीले जनाएको छ । सभापति नारायणदत्त भट्टकाअनुसार निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा(२) मा उम्मेदवारी दिएका भरत शाही, क्षेत्र नम्बर ३ मा नवीन बोहरा, क्षेत्र नम्बर ३ को प्रदेशसभा(२) मा गोविन्दराज जोशी र लक्ष्मण शाहीलाई कारवाही गरिएको छ ।

क्षेत्र नम्बर ४ को प्रदेशसभा (२) मा बागी उम्मेदवारी दिएका प्रेम शाह र भागवती पाठक, निर्वाचन क्षेत्र नंम्बर ५ को प्रदेशसभा (२) मा उम्मेदवारी दिएका क्षितिज भण्डारीलाई पनि पार्टीबाट निष्काशनमा परेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...