भीम रावलमाथि लेखराजको टिप्पणी : कमरेडले पार्टी र नेतृत्वको धज्जी उडाए

Nisharg hospital

२८ असोज, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले नेता भीमबहादुर रावलबारे मुख खोलेका छन् । भट्टले रावलले पार्टीको धज्जी उडाएको टिप्पणी गरेका छन् ।

swostik

शुक्रबार कैलाली क्षेत्र नम्बर ४ मा आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दैै भट्टले पार्टी र नेतृत्वको धज्जी उडाएको बताएका हुन् ।

‘हाम्रो भीम रावल कमरेडले पत्रकार सम्मेलन गरेर पुरै पार्टीको धज्जी उडाउनुभयो । नेतृत्वको धज्जी उडाउनुभयो, ’ भट्टले भने, ‘म कुनै नेतालाई जिताउन चुनाव प्रचारमा जान्छु । मन नपरेकालाई हराउने हो भन्ने आशय व्यक्त गर्नुभयो । पार्टी भित्रै यो खालका प्रवृत्तिहरु हुँदाखेरी नेतृत्वले काम गर्न सकेन ।’

पार्टीभित्र अन्तरघात नभए नेतृत्वले सक्रिय रुपमा काम गर्न सक्ने उनको भनाई थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...