बझाङमा पहिरोले अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सञ्चालनमा

Seti
arth ok

२९ असोज, धनगढी । सडकमाथिबाट सुख्खा पहिरो खस्दा बिहानैदेखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलेको छ ।

Nisharg hospital

बझाङको छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सुख्खा पहिरो खस्दा आज बिहानैदेखि सवारीसाधन यातायात सेवा रोकिएका थिए ।
सडक डिभिजन कार्यालय बैतडीको डोजरले पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सहज भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा आज बिहानैदेखि रोकिएका बस, मालबाहक ट्रक र जीपहरू आआफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...