press
po

डडेल्धुरामा सत्ता गठबन्धनबाट नेकपा (एस) बाहिरियो

cp new add
Nisharg hospital
dhanga
Rubic

२९ असोज, धनगढी । नेकपा एमालेले स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै चुनावी तालमेल भंग गरेपछि नेपाली कांग्रेस (बिपी) ले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्ने भएको छ ।

sanjiwan
Nisharg

शनिबार दुबै पार्टीले डडेल्धुरामा संयुक्त पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सहमती भएको जानकारी दिएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रतिनिधिसभामा कांग्रेस (बिपी) का कर्णबहादुर मल्ललाई नेकपा एकीकृतले सघाउनेछ भने उसले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता डा. तारा जोशीलाई सहयोग गर्नेछन् ।

HAMRO DAIRY

जोशीले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएपनि तालमेल गर्ने सहमतीमा उनीसहित नेकपाका जिल्ला अध्यक्ष कबिन्द्र विष्टले समेत हस्ताक्षर गरेका छन् ।
जोशी, कांग्रेस (बिपी) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष विष्टबीच ६ बुँदे सहमती भएको छ ।

शुक्रबार मात्र नेकपा एमालेले समझदारी विपरीत कांग्रेस (बिपी) ले स्वतन्त्र उम्मेदवारलाई सघाउने भन्दै तालमेल ताडेको घोषणा गरेको थियो । त्यसको भोलिपल्टै उनीहरुबीच सहमती भएको हो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...