press
po

एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पलेभियन फर्किए

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएको छ।

sanjiwan
Nisharg

१३औं ओभरको खेल जारी रहँदा साविक बिजेता लुम्बिनी लायन्सले साबिक उपबिजेता सुदूरपश्चिमको ९ विकेट लिएको हो। खेलको १२.३ र १२.४ ओभरमा किशोर महतोले क्रमश रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीलाई पलेभियनको बाटो देखाए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यसअघि १० औं ओभरमा शेर मल्लले दुई विकेट लिएका थिए। उनले सातौं विकेटको रुपमा स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराएका हुन्।

HAMRO DAIRY

अम्पायरले आउट दिएका थिएनन् । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले रिभ्यू लिएका थिए।बल पिचिङ आउटसाइड अफ, इम्प्याक्ट इन लाइन, विकेट्स हिटिङ।

 

यसअघि सुदूरपश्चिम रोयल्सले ९.२ लुम्बिनी लायन्सका शेर मल्लको बलमा शेरफन रदरफोर्ड गुमाएको हो।

Nav

रदरफोर्ड ठूलो शटको प्रयासमा आउट भएका छन् । बल माथि मात्रै गयो । लङअनमा आसिफ शेखले क्याच लिएका हुन् ।अहिले सुदूरपश्चिम ५६ रन बनाएर खेलिरहेको छ।

त्यसअघि सुदूरपश्चिम रोयल्सले इशान पाण्डेलाई पाँचौं विकेटका रुपमा गुमाएको थियो। उनलाई साविक विजेता लुम्बिनी लायन्सका तिलकराज भण्डारीले पभेलियन फर्काएका हुन् । भण्डारीको बलमा कप्तान रोहित पौडेलले क्याच गरेर पाण्डेलाई आउट गरेका हुन्।

लुम्बिनीका शेर मल्लले ३.१ ओभरमा ओपनर सुदूरपश्चिमका ब्याट्सम्यान विनोद भण्डारीलाई पभेलियन फर्काएका थिए ।

उनीपछि आरिफ शेख एक ओभरमा सुदूरपश्चिमका लागि रन जोड्न नपाउँदै आउन हुन पुगेका थिए । आरिफलाई लुम्बिनीका किशोर महतोले आउट गरेका थिए ।

किशोरले नै सुदूरपश्चिमका लागि खेलिरहेका ब्रान्डन म्याकमुलेनलाई बोल्ड गरेका थिए । ब्रान्डन ४.४ ओभरमा पभेलियन फर्किएका थिए । उनले सुदूरपश्चिमका लागि दुई बल खेल्दै दुई रन जोडेका थिए ।

सुदूरपश्चिमले सैफ अली जैबलाई चौथो विकेटका रुपमा गुमाएको थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...