बाजुराको बुढिगंगामा मतगणना सकिएका चार वडामा एमालेद्वारा गठबन्धन ‘क्लीन स्वीप’

Nisharg hospital

२५ असार, धनगढी । बाजुराको बुढिगंगा नगरपालिकामा बिहीबार सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । करीब चार हजार मतको गणना सकिदा मेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका रंगबहादुर खातीलाई झण्डै दोब्बर मतले एमालेका राम बहादुर बानियाँले पछि पारेर अग्रता लिएका छन् ।

pradesh helath nirdesanalaye
gauriganga

बानियाँले दुई हजार ४४३ मत पाउँदा खातीले हजार २९१ मतका साथ पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्काले दुई हजार ४१७ मतका साथ अग्रता लिएकी छन् । उनकी प्रतिद्धन्द्धी कांग्रेसकी रिता शाहीले एक हजार ३१२ मत प्राप्त गरेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार अहिलेसम्म वडा नम्बर १, २, ९ र १० को गणना सकिएको छ । यी चार वटै वडामा गठबन्धनका साझा उम्मेदवारलाई पराजीत गर्दै एमालेले क्लीन स्वीप गरेको छ । वडा नम्बर मा १ एमालेका रण बहादुर थापा, वडा नम्बर २ मा पदमबहादुर भण्डारी, वडा नम्बर ९ मा मिनबहादुर सिंह र १० मा दलबहादुर साउँद (डेविड) ले वडाध्यक्षमा प्यानलसहित जितेका छन् ।

अहिले वडा नम्बर ३ र ८ को मतगणना भइरहेको छ । यी दुवै वडामा पनि एमालेले सुरुवाती अग्रता लिएको छ । बुढिगंगामा नगरपालिकामा २३ असारमा पुनः मतदान भएको थियो । कुल १३ हजार ६ सय ५९ मतदाता रहेकोमा ९ हजार १ सय २८ मत खसेको थियो । जुन कुल मतको ६६.८३ प्रतिशत हो ।

३० बैशाखमा सम्पन्न चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । तर कांग्रेस र एमालेबीच बुथ कब्जा गरेको आरोपप्रत्यारोप पछि यहाँ पुनः मतदान भएको हो । यहाँ एमाले एक्लै चुनाव लड्दा कांग्रेसलाई सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सघाएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...