जबरजस्ती करणी मुद्दाका फरार कैलालीका प्रतिवादी १६ वर्षपछि पक्राउ

Kailali hospital
Nisharg hospital

३१ असोज, धनगढी । कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन ।

Navjiwan hospital adv

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर बस्ने ४९ वर्षीय प्रेम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६३/१०/२५ गते जबरजस्ती करणी गरी फरार भएका उनलाई जिल्ला अदालत बर्दियाको मिति २०६८/०३/०९ गतेको आदेशले ६ वर्ष कैद सजाय सुनाएको थियो ।

ईलाका प्रहरी कार्यालय लम्कीले उनलाई २०७९/०६/३० गते गणेशपुरबाटै पक्राउ गरेको बताएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

याे पनि हेर्नुस्
Loading...