सेती अस्पतालबाट १ हजारभन्दा बढी एचआइभी संक्रमित औषधी खाँदै

cp new add
Nisharg hospital

धनगढी । सेती प्रादेशिक अस्पतालमा मात्रै एक हजारभन्दा बढी एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन्।

Nast Ad

अस्पतालले एक हजार ३१ जना एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेको तथ्याङ्क सार्वजनिक गरेको छ। औषधी सेवन गरिरहेका मध्ये ३२१ जना कामको सिलसिलामा भारत वा अन्य ठाउँमा जाने व्यक्ति रहेको पाइएको छ। यस्तै, संक्रमित मध्ये ४६५ जना कामको सिलसिलामा भारत या अन्यत्र जाने व्यक्तिको परिवारका सदस्यहरु हुन्।

एचआइभीको संक्रमण प्राय: जसो कामको सिलसिलामा भारतमा आवतजावत गर्ने नेपाली कामदारमा हुने र तिनले आफ्नो पार्टनरलाई संक्रमण सार्ने अवस्था देखिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताएका छन्।

उनले हाल दशैं(तिहार मनाउन धेरैजना भारतको जोखिमपूर्ण क्षेत्रबाट घरतिर आएकाले जोखिमपूर्ण व्यवहार अपनाएको भए एचआइभी परीक्षण गर्न सुझाव दिएका छन्। कुँवरले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सम्भव भएसम्म एचआइभी परीक्षण गर्न र असुरक्षित यौन सम्पर्क नगर्न सल्लाह दिएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...