नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक

cp new add
Nisharg hospital

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । २६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जनाएको छ ।

Nast Ad

काउन्सिलका रजिष्ट्रार डा। सतिस कुमार देवले डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको बताए ।

डा. देवका अनुसार, काउन्सिलको वेबसाइट ह्याक भएको पुष्टि भए पनि महत्वपूर्ण डेटाहरू सुरक्षित छन् ।

‘हाम्रो आइटी टिमले डेटा एक्सट्र्याक्सन भए पनि सेफ रहेको पुष्टि गरेको छ। रिकभरी प्रक्रिया पूरा भइसकेको छ, तर पुरानो सर्भर पुनः प्रयोग गर्न नमिल्ने भएकोले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था छ,’ डा. देवले अनलाइखबरसँग भने ।

ह्याकिङको अनुसन्धानका लागि काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरिरहेको छ । डा. देवले भने, ‘हामीले साइबर ब्युरोलाई जानकारी गराइसकेका छौं। फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र हामी नयाँ सर्भरमा काम सुरु गर्नेछौं ।’

उनले ह्याकरको पहिचान र आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि चलिरहेको बताए ।आइटी टिमले हेर्दा ह्याकिङबाट केही फाइलहरू प्रभावित भएको पाएको छ । तर डेटा परिवर्तन वा सम्पादन नभएको दाबी गरिएको छ ।

‘हाम्रो सिस्टमको डेटा अहिलेसम्म पूर्ण रूपमा सुरक्षित छ । ह्याकरले डेटा निकालेको भए पनि सम्पादन गर्न सकेनन्,’ डा. देवले स्पष्ट पारे।

साइबर ब्युरोले फोरेन्सिक प्रमाणहरूको आधारमा अनुसन्धान अघि बढाइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...