उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको पाँचौँ प्रदेशसभा सम्पन्न

Nisharg hospital
Bogtan

२५ असार, धनगढी । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको पाँचौँ प्रदेशसभा सम्पन्न भएको छ । शनिबार धनगढीमा औपचारिक कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघको पाँचौ प्रदेशसभा सम्पन्न भएको हो ।

उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा आयोजना गरिएको सभामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहितका अन्य मन्त्रीलाई व्यवसायीहरुले भोग्नु परेका समस्या र समाधानका विकल्पबारे सुझाइएको छ ।

kmc
Nast
suklaphata

महासंघका प्रदेश अध्यक्ष बोगटीले कोरोना महामारीपछि सिर्जना भएको आर्थिक संकटका कारण व्यवसायीले समस्या भोग्न परेको बताउँदै संघीय र प्रदेश सरकारबाट कुनै खालको सहयोग पाउन नसकेको गुनासो गरे । ‘प्रदेश सरकार गठन भएसँगै हामीले आर्थिक क्षेत्रको विकासका लागि विभिन्न बुँदामा सम्झौता गरिएको थियो तर निजी क्षेत्रको सहभागी हुन सकेन,’ बोगटीले भने, ‘अहिले पनि समन्वय हुन सकेको अवस्था छैन । यहाँको औद्योगिक विकासका लागि सरकारले विशेष योजना ल्याउनुपर्छ ।’

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भने औद्योगिक क्षेत्रको विकास र समस्या सामाधानका सवालमा धेरै कुरा नभएको तर यसलाई लिएर निराश हुनुनपर्ने बताए । उनले कतिपय कुराहरु प्रदेश सरकारले कानूनी जटिलताका कारणले समेत गर्न नसकेको दाबी गरेका छन् ।

प्रदेशसभामा प्रदेशका उद्योृग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल तथा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...