दोधारामा १७ वर्षदेखी कांग्रेसमा सकिृय रहेका शाहीलाई बीपीको आश

Kailali hospital
Nisharg hospital

१ कार्तिक, महेन्द्रनगर । दोधाराचाँदनीमा नेपाली कांग्रेसका लागि चर्चित नाम धनबहादुर शाही हो ।

बहुदलीय व्यवस्थाको सुरुआतदेखि कांग्रेसमा सक्रिय रहेका शाहीले तत्कालीन दोधारा गाउँ विकास समितिको पार्टी सभापति भएर १७ वर्ष कांग्रेस हाँकेका हुन् तर आसन्न प्रदेशसभा निर्वाचनमा उनी कांग्रेस परित्याग गरेर कांग्रेस बीपीबाट उम्मेदवार भएका छन् ।

Navjiwan hospital adv

६९ वर्षीय शाही दोधाराचाँँदनी नगरपालिका–९ का स्थायी वासिन्दा हुन् । प्रदेशसभा ३(२) बाट उम्मेदवारी दिएका उनल अहिले आफ्नो चुनावी प्रचारप्रसारमा लागेका छन् । कांग्रेस बीपीको चुनाव चिह्न करुवामा मतदानका लागि आह्वान गर्दै घरदैलोमा सम्म पुग्ने काममा जुटेका छन् ।

कांग्रेसभित्र अवसरवादीले मात्रै अवसर पाउने र निरन्तर खटिने कार्यकर्ता पाखा लाग्नुपर्ने भएकाले लामो समय योगदान गरेको पार्टी छाड्नुपरेको शाही बताउँछन् । ‘पार्टीका लागि निस्वार्थ लाग्नेमाथि जहिल्यै भेदभाव मात्रै भयो,’ उनले भने, ‘यस क्षेत्रका नेताहरूले पनि बुझ्न सकेनन् ।’

शाही २०४७ सालमा कांग्रेसका जिल्ला सदस्य हुँदै २०४९ देखि २०६६ सालसम्म दोधारा गाउँ विकास समितिको पार्टी सभापति भएका हुन् । २०६१ सालमा उनी महाधिवेशन प्रतिनिधि समेत भए ।

उनी पञ्चायतकालमा अत्यधिक मतका साथ दोधारा गाउँ पञ्चायतका उपप्रधानपञ्च पनि भएका थिए ।
अहिले पनि पार्टीका नेताहरूले फोन गरेर उम्मेदवारी फिर्ता लिन तथा निष्क्रिय पार्न फोन सम्पर्क गरिरहेका भएपनि आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउँछन् ।

 

याे पनि हेर्नुस्
Loading...