
२ कार्तिक, कञ्चनपुर । महेन्द्रनगरस्थित गल्ली नम्बर ४ मा रहेको रारा होटलमा साथी सँगै सुतेका एक युवक मृत भेटिएका छन ।

होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका–१का किसन साउँद मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।
‘साथीसँग होटलमा सुतेका रहेछन्, सुतेकै अवस्थामा मृत भेटिएका हुन्,’ उनले भने, ‘सँगै सुतेका साथी मृतकका दाजुलाई खबर गरेर घर गएछन् ।’
मृतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको र ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहले बताए ।
