बैतडीको पाटनमा अवैध लागूऔषध चरेशसहित युवक पक्राउ

cp new add
Nisharg hospital
Samajik

बैतडी । बैतडीमा अवैध लागूऔषधसहित युवकलाई पक्राउ गरिएको छ ।

DHANGADHI

बिहीबार इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–२, सिलङ्गाका ३० वर्षीय सुरेश सिंह ऐरले सञ्चालन गर्दै आएको खुद्रा पसलमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा पसलभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा २३ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले अवैध पदार्थसहित ऐरलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको बताएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...