२ कार्तिक, धनगढी । कञ्चनपुरको एक क्याम्पसका प्रमुख नै चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को कृष्णपुर नगरपालिका वडा नम्बर २ को बंकमा रहेको उदय सरस्वती क्याम्पसका प्रमुख जगदीश सेठी गठबन्धनको चुनावी प्रचार प्रसारमा व्यस्त रहेको स्थानीयले बताएका छन् ।
गठबन्धनका उम्मेदवारहरूको तीव्र प्रचारप्रसारमा लागेका सेठीले सामाजिक सञ्जालमा उम्मेदवारहरूको पक्षमा प्रसस्त लेखेका छन् भने राजनीतिक कार्यक्रम र घरदैलोमा गठबन्धनका उम्मेदवारका लागि मत माग्ने गरेको स्थानीयले बताएका छन ।
क्याम्पस प्रमुख रहेका सेठी पार्टीको जिम्मेवारीमा पनि रहेको खुलेको छ । आफू लालझाडी गाउँ पालिकामा नेकपा माओवादी केन्द्रको इन्चार्ज रहेको सेठीले बताएका छन ।
उनले गठबन्धनका उम्मेदवारको पक्षमा सामाजिक सञ्जाल फेसबुकमा लेख्ने र कार्यक्रममा सहभागी हुने भेलामा कार्यकर्तालाई बोलाउने, कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका गठबन्धनका प्रदेश र प्रतिनिधि सभा सदस्यका उम्मेदवारको पक्षमा भोट मागेको गरेको स्वीकार गरेका हुन । अहिले क्याम्पस विदा रहेकाले प्रचारप्रसारमा लागेको क्याम्पस प्रमुख सेठीले बताए ।
’म उदय सरस्वती क्याम्पसको प्रमुख हुँ र नेकपा माओवादी केन्द्र लालझाडी गाउँपालिकाको इन्चार्ज पनि हुँ,’ उनले भने, ’अहिले क्याम्पस बिदा भएकाले प्रचारमा लागेको छु, कात्र्तिक १४ गतेबाट क्याम्पस खुल्छ त्यसपछि पार्टीबाट पनि राजीनामा दिन्छु र प्रचार पनि गर्दैन ।’
लालझाडी गाउँपालिकाका माओवादी केन्द्रको इन्चार्ज पनि हुने क्याम्पसको प्रमुख पनि हुने यो त निर्वाचन आचारसंहिता र विद्यमान कानुनको उल्लंघन हो नि, अध्यापक जस्तो मान्छेले पार्टीको कार्यकर्ता हुन अफ्ठारो लागेन? भन्ने प्रश्नमा सेठीले कात्तिक १४ गतेपछि पार्टी छोडेर क्याम्पसको मात्रै काम गर्ने बताए ।
नी निर्वाचन क्षेत्र नम्बर १ को गठबन्धनको मुल प्रचार प्रसार समिति सदस्य पनि रहेको खुलेको छ । तर सार्वजिनक पद धारण गरेको व्यक्तिले पार्टी कार्यकर्ता भएर चुनावी प्रचार गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।