कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जोशी विजयी

Nisharg hospital

२६असार, धनगढी । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा पिताम्बर जोशी आएका छन् । उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा अध्यक्षमा प्रतिद्धन्द्धी गणेश जोशीलाई हराउदै उनी विजयी भएका हुन् ।

Navjiwan hospital adv

जोशीले १२९९ मत प्राप्त गरे भने प्रतिद्धन्दी गणेशदत्त जोशीले ७ ८३ मत पाएका छन्। उद्योग वाणिज्य संघको उपाध्यक्षमा धर्मसिंह रावल ७५८ मतसहित विजयी हुँदा उनका प्रतिद्धन्दी बाशुदेव जोशीले ४८८ मत पाए ।

महासचिवमा पनि पिताम्बर प्यानलकै खगेश्वर बोहरा बिजयी भएका छन् । उनले १२०१ मत प्राप्त गरे भने प्रतिद्धन्दी निर्मला भट्ट सापकोटाले ८ सय मत ल्याइन् । कुल ३२५९ मतदाता रहेको उद्योग वाणिज्य संघमा २१८४ मत खसेका थिए । उद्योग वाणिज्य संघका अन्य पदाधिकारी र सदस्य भने यसअघि नै निर्विरोध चयन भइसकेका छन् ।

याे पनि हेर्नुस्
Loading...