सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार

Nisharg hospital

२ कार्तिक,काठमाडौं । सर्लाहीमा सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार भएको छ ।

सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि ४ गोली प्रहार गरेका हुन ।

Navjiwan hospital adv

आज बिहान करिब साढे १० बजेतिर ३ जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए । प्रतिकार गर्नेबितिकै लुटेरा समूहले आफूमाथि ४ गोली प्रहार गरेको घाईते कार्कीले बताए ।तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि भर्खरै एम्बुलेन्समा काठमाडौं पठाइएको छ ।

हेलिकप्टर मगाइए पनि कुनै खाली नभएकाले एम्बुलेन्समै पठाइएको हो । लालबन्दी–२ जुटपानी निवासी कार्कीलाई ४ गोली लागे पनि शरिरको संवेदनशिल भागमा नपरेकाले धेरै खतरा नदेखिएको र उनी बोलिरहेको सरस्वती अस्पतालका सञ्चालक डा राजीव साहले जानकारी दिए ।

गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन ।
लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भइनसकेको सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।

 

 

याे पनि हेर्नुस्
Loading...