बझाङमा दुर्घटना (अपडेट) : मृतकको संख्या ६ पुग्यो

spa1
Nisharg hospital

२ कात्तिक, धनगढी । बझाङमा जिप दुर्घटना भएको छ । बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो ।

swostik

सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले भने, ‘घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण आउन केही समय लाग्छ ।’

kailali model

मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन । उनका अनुसार जिप टुक्राटुक्रा भएको छ । अहिले पहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन ।

adv khaptad

घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम भइरहेको छ । उक्त जिप जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै थियो । जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...