
२ कात्तिक, धनगढी । कैलालीमा राष्ट्रिय नागरिक पार्टीका प्रदेशसभा सदस्यका उम्मेदवार प्रेम विसीले पत्रकार रमा चन्दमाथि दुव्यर्वहार गरेका छन् । भिडियो अन्तरवार्ता लिइदिन आग्रह गरेका विसीले आफूमाथि दुव्यर्वहार गरेको पत्रकार चन्दलेले बताइन ।

‘उहाँले बाबा टेभिजिनमा अन्तरवार्ता लिइदिन आग्रह गरेपछि मैले तपाई विद्यायालय व्यवस्थापन समितिको अध्यक्षमा हुनुहुन्छ । अन्तरवार्ता लिदा र उम्मेदवारी दिदा आंचारसहिता लाग्ला नी भनेकी थिए,’ चन्दले भनिन्, ‘उहाँले तपाइए हावा कुरा गर्ने भन्दै अपशब्द प्रयोग गर्नुभयो । सम्झाउन खोज्दा फोन काटिदिनुभयो ।’
निर्वाचन आयोगका अधिकृत प्रेम राज भट्टले विद्यालय व्यवस्थापन समितिमा रहदा उम्मेदवारी दिन नपाइने र उजुरी परेमा छानविन गरिने बताए । विसी धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएको खुलेको छ ।
