प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई

cp new add
Nisharg hospital

धनगढी । नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक आयोजना भएको राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता भएको छ ।

Nast Ad

शनिबार बिहान सुन्दरीजलदेखि गोर्कर्णस्थित द स्केटल्याण्ड स्केटपार्क सम्मको पाँच किलोमिटर दुरीको सो प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अयक्ष्य जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिजाल र नेपाल नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघका अधक्ष्य अच्युत खनालले सयौं स्केटर (खेलाडी) को सहभागिताका साथ भव्यताका साथ उद्घाटन भयो।

नेपालमै पहिलो पटक आयोजना भएको सो प्रतियोगितामा महिला पुरुष गरि करिब २०० जना स्वदेशी तथा बिदेशी खेलाडी हरुले सहभागिता जनाएका थिए ।

सो खेल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्ड स्केटपार्कसम्म करिब पाँच किलोमिटर बराबरको दुरीमा खेलाइएको थियो ।

प्रतियोगितामा महिलातर्फ निमिशा पाख्रिन प्रथम, मोनिका मगर दित्तीय र सिवानी रेग्मी तृतीय भए, र पुरुषतर्फ साम्देन ग्याल्बो शेर्पा प्रथम, अनिश गुरुङ दित्तीय र सफल थापा तृतीय भएको स्केटिंङ तथा स्केटबोर्डिंङ संघका प्रमुख प्रशिक्षक दिलिपराज बरालले बताएका छन् ।

सो प्रतियोगिता अन्तर्गत प्रथम दित्तीय र तृतीय हुनेलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगर पालिकाका मेयर दीपककुमार रिजाल र नेपाल स्केटिंग तथा स्केटबोर्डिंग संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले संयुक्त रुपमा ५० हज़ार, ३० हजार, १५ हजार नगद, ट्रफी र प्रमाणपत्र, प्रदान गरे।

यसघि सो म्याराथुन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल स्केटिंग तथा स्केटबोर्डिंङ संघले स्केटिंङ खेल विधा अन्तर्गतका विभिन्न खेलहरु निरन्तर रुपमा आयोजना गरिरहेकोले स्केटिंङ खेलले नेपालमा मात्र होइन अन्तराष्ट्रिय स्तरमा समेत पदक जित्ने विश्वास व्यक्त गरे ।

उस्तै गरेर गोकर्णेश्वर नगर पालिकाका मेयर दीपककुमार रिजालले यस्ता प्रकारका प्रतियोगिता हरु आयोजना गर्न नगरपालिकाले भविष्यमा उपयुक्त लगानी गरिने जानकारी गराए ।

नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघका केन्द्रीय अध्यक्ष खनालले अब संघले स्केट कहिल विकासका लागि प्रतियोगितात्मक र व्यावसायिक दुवै हिसाबले यस खेललाई देशैभरि लैजाने बताए ।

प्रतियोगितामा नेपालभित्र र नेपाल बाहिर विदेशबाट समेत सयौंको संख्यामा स्केटर रखेलाडीहरुले बाग्लो सहभागिता भएको आयोजक संघका महासचिब सत्य थापाले जनाएका छन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...