बझाङ जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो, १८ जना घाइते

Nisharg hospital
Airth Mantralaye

२ कात्तिक, धनगढी । बझाङमा भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको सुपप्र ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटनामा मृतकको संख्या ७ पुगेको प्रहरीले जनाएको छ ।

pradesh helath nirdesanalaye
gauriganga

जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख समेत रहेका प्रहरी हवलदार शेरबहादुर चन्दकाअनुसार मष्टा गाउँपालिका–२ का ५ र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ जनाको मृत्यु भएको हो । मृतक सबैको सनाखत भएको छ ।

Dhangadhi bidhut

उनकाअनुसार मृतक मष्टा गाउँपालिका–२ बस्ने २८ वर्षीया बसन्ती धामी कठायत, उनकी ७ महिनाकी छोरी दिक्षिता, सोही वडाकी १३ वर्षीया सम्झना खड्का, १४ वर्षीय प्रचण्ड खड्का, १५ वर्षीय रोशन खड्का, शुक्लाफाँटा नगरपालिका–७ का ४० वर्षीय झरेन्द्र बोहरा र २ बस्ने ३८ वर्षीय बिरेन्द्र अधिकारी मृतक भएको खुलेको छ ।
जीपमा सवार अन्य १८ जना घाइते भएका छन् ।

उनीहरु मध्ये गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । मष्टा गाउँपालिका–२ बस्ने ५० वर्षीय सिन्कीदेवी भण्डारी, ३६वर्षीय सिहबिर बुढा र १० वर्षीय विशाल खड्कालाई जिल्ला अस्पताल बझाङले डडेल्धुरा रेफर गरेको हो । अन्य १५ जना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ ।

जीपमा सवार मानिसहरु सदरमुकाम चैनपुरमा लागेको मेला हेरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । कच्ची सडक र ओभर लोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...