press
po

संसदीय समितिसँग सरोकारवालाले भने–गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाइनुपर्छ

cp new add
Nisharg hospital
dhanga
Rubic

२६ असार, धनगढी । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिसँग गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन भूमिका खेलिदिन आग्रह गरिएको छ । गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण र सरोकारवाला पक्षसँग छलफल गर्न पूर्व मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा कैलाली पुगेको संसदीय टोलीलाई विश्वविद्यालय बनाउनुपर्ने माग राख्दै आवश्यक भूमिका खेलेर सहयोग गरिदिन आग्रह गरिएको छ ।

sanjiwan
Nisharg

मेडिकल कलेजको निरीक्षणपछि शिक्षा तथा स्वास्थ्य समितिले सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको अत्तरियास्थित आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने  सहभागीले राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्ने माग जोडदार रुपमा उठाएका छन् ।चिकित्सा विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन गठन गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालन गर्ने बाहेक अन्य कुरा स्वीकार्य नहुने बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

देशभरी ४२ वटा मेडिकल कलेज र ७ वटा विभिन्न प्रतिष्ठान सञ्चालन भइरहेका बेला सुदूरपश्चिमका २८ लाख नागरिकलाई अहिलेसम्म उपेक्षा गरिएको बताउदै उनले अब भने गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा सञ्चालन नगरेमा जुनसुकै कदम उठाउन पनि प्रदेशबासी तयार भएको चेतावनी दिए । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटा मेडिकल कलेजलाई चुनाव अघि सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् ।

HAMRO DAIRY
Nav

प्रदेशबासीलाई सधै अल्मल्याउने र अल्झाउने काम गरिएको बताउँदै उनले मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने भन्ने कुरा चुनावी फण्डा मात्र हुनसक्ने उल्लेख गर्दै छिटो सञ्चालन गरिनुपर्ने बताएका छन् । मेडिकल कलेजको स्थलगत निरीक्षणपछि प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले समेत राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालन गरिनुपर्ने सुदूरपश्चिमबासीको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण भइसकेकाले शिघ्र सञ्चालन गर्न भूमिका खेलिदिन समेत संसदीय समितिलाई आग्रह गरिएको छ ।

प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले पनि विगत दुई÷तीन वर्षदेखि प्रदेशबासीले गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रुपमा सञ्चालन गर्नुपर्ने माग राख्दै आएको स्मरण गर्दै त्यसका लागि आवश्यक पर्ने कानून तत्काल निर्माण गरिनुपर्ने बताएका छन् । विश्वविद्यालय स्थापना भए स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको नेतृत्व गर्दै कैलाली आइपुगेका पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराइले अन्तरक्रिया कार्यक्रममा उठेका सवालको विषयमा सरकारको ध्यानाकर्षण गराइने बताएका छन् । काठमाडौँ फर्किएपछि संसदीय समितिले गेटा मेडिकल कलेजबारे सुझाव प्रतिवेदन बनाएर सरकारलाई पेश गर्ने भट्टराईको भनाई थियो ।

भट्टराईको नेतृत्वमा आएको संसदीय समितिमा प्रतिनिधिसभा सदस्य चित्रलेखा यादव, नविना लामा, मानबहादुर विश्वकर्मा, अञ्जना यादव लगायतका छ जना सांसदहरु सहभागी थिए । गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचना तयार भइसक्दा समेत प्रारुपबारे टुङ्गो नलाग्दा अहिले सम्म सञ्चालनबारे अन्योलता छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...