कृष्णपुरका दुई विद्यालयमा बाल, लैंगिक तथा अपांगतामैत्री शौचालय हस्तान्तरण

cp new add
Nisharg hospital

अत्तरिया । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दुई वटा विद्यालयमा निर्माण गरिएका बाल, लैंगिक तथा अपांगतामैत्री शौचालयहरू विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। वडा नं. १ स्थित कालिका माध्यमिक विद्यालय र वडा नं. २ स्थित उदय माध्यमिक विद्यालयमा निर्माण तथा मर्मत सम्पन्न भएका शौचालयहरू एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

Nast Ad

वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा एनएनएसडब्ल्यूए कञ्चनपुरद्वारा सञ्चालित किशोरी आधारभूत परियोजना (B4G project)अन्तर्गत ती शौचालयहरू निर्माण गरिएको हो। एनएनएसडब्ल्यूएका कार्यक्रम संयोजक रामेश्वर जैरुले कुल २६ लाख ६५ हजार ८६२ रुपैयाँ लागतमा दुवै विद्यालयका शौचालय निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको जानकारी दिए।

उनका अनुसार वडा नं. १ स्थित कालिका मा.वि.मा ३ कोठे बाल, अपांगता तथा लैंगिकमैत्री शौचालय निर्माण गरिएको छ भने आ.सी.सी. खानेपानी ट्यांकीको मर्मतसमेत गरिएको छ। त्यसैगरी वडा नं. २ स्थित उदय मा.वि., बंकमा १ कोठे अपांगतामैत्री शौचालय नयाँ निर्माण गर्नुका साथै जिर्ण अवस्थामा रहेका २ कोठे शौचालयको मर्मत गरिएको छ। निर्माण कार्य पर्साको ताज कन्स्ट्रक्सन कम्पनीले सम्पन्न गरेको हो।

परियोजनामार्फत २०८२ सालको जेठदेखि भदौसम्म निर्माण सम्पन्न गरिएका यी अत्याधुनिक तथा समावेशी संरचनाहरूको मुख्य उद्देश्य विद्यालयमा सुरक्षित, समावेशी र महिनावारी स्वच्छतामैत्री वातावरण निर्माण गर्नु रहेको जैरुले बताए।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका स्वास्थ्य तथा पोषण संयोजक छत्रराज भट्ट र एनएनएसडब्ल्यूएका कार्यक्रम संयोजक रामेश्वर जैरुले वडाअध्यक्षहरू मार्फत सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूलाई ती संरचनाहरू औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...