press
po

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

cp new add
Nisharg hospital
dhanga
Rubic

कैलाली । चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ।

sanjiwan
Nisharg
Nav

कैलालीको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो। उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन्। त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

“नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घरखर्च धान्न पनि धौधौ पर्दछ,” अछामको रामारोशनका मङ्ल परियारले भने, “भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ।”

HAMRO DAIRY

त्यस्तै सोही नाकाबाट मुम्बई तर्फ लागेका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फर्किएको बताए। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका ठूला सहर जाने गर्छन्।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...