३ कात्तिक, धनगढी । लमजुङमा एक पुरुष भीरबाट लडेर घाइते भएका छन ।
पिसाब फेर्न जाने क्रममा सदरमुकाम बेशीसहर–३, गाउँसहरका ५० वर्षे देवबहादुर देउजा भीरबाट खसेर गम्भीर घाइते भएका हुन ।
हिजो साँझ ४ बजेतिर पिसाब फेर्न लमजुङ मावि, गाउँसहर नजिकैको आलडाँडा भीर पुगेका देउजा चिप्लिएर लडेका उनको शरीरका विभिन्न भागमा चोट लागेको र मेरुदण्ड भाँचिएको बताइएको छ । देउजाको फोक्सो समेत फुटेर रगत जमेको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।
४ बजेतिर लडेका उनलाई सदरमुकामको अस्पताल ल्याउँदा साँझको ५ बजिसकेको थियो । आफुले भ्याएसम्म लमजुङ अस्पतालले उपचार गरे पनि नसकेपछि सिएमसी अस्पताल भरतपुर रेफर गरिएको छ । सिएमसीले काठमाडौं रेफर गर्न लागेको बिरामीको आफन्तले जानकारी दिएका छन ।