कञ्चनपुरबाट विभिन्न मुद्दामा फरार ३ जना प्रतिबादी पक्राउ

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुर जिल्लामा हालै विभिन्न मुद्दामा अदालतले तोकेको सजाय कार्यान्वयनको सिलसिलामा तीन जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।

Nast Ad

स्रोतका अनुसार, जिल्लाको भिमदत्त नगरपालिका–१२ का २३ वर्षीय आशिष रानालाई जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।१५ गतेको फैसला अनुसार चोरी मुद्दामा १ महिना कैद सजाय र रु. २००० जरिवाना तोकिएको थियो।

उक्त फैसलाको कार्यान्वयनको क्रममा इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले २०८२।०९।०५ गते आशिषलाई पक्राउ गरेको हो। यसैगरी, मिति २०८१।१२।२६ गतेको फैसले अनुसार, कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का २२ वर्षीय हरिश साउँदलाई लागु औषध सम्बन्धी मुद्दामा ३ महिना कैद सजाय तोकिएको थियो।

उक्त फैसलाको कार्यान्वयन गर्न प्रहरी चौकी जिमुवा, कञ्चनपुरको खटिएको टोलीले उनलाई २०८२।०९।०५ गते पक्राउ गरेको जनाएको छ। यसै क्रममा, चोरी मुद्दामा १ महिना कैद र रु. २००० जरिवाना तोकिएको कञ्चनपुर भिमदत्त नगरपालिका–१६ का २० वर्षीय विशाल रानालाई पनि इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले २०८२।०९।०५ गते पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई सजायको कार्यान्वयन अघि बढाइएको र उनीहरूको कारबाही प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...