press
po

अन्य दलको समर्थन पाएपछि सुदूरपश्चिम सरकारको नेतृत्व समाजवादीले गर्छ : माधव नेपाल

cp new add
Nisharg hospital
dhanga
Rubic

२७ असार, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ठूलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

sanjiwan
Nisharg

प्रदेश सरकारको नेतृत्वका लागि एकीकृत समाजवादी पार्टीले दाबी गरेको विषयमा धारणा राख्दै ठूलो पार्टीको हैसियतमा उक्त दाबी स्वभाविक भएको बताए । सोमबार बिहान प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एकीकृत समाजवादीलाई अरु पार्टीको समर्थन पाएपछि प्रदेश सरकारको नेतृत्व गर्ने जनाएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

नेपालले आफ्नो अडानका कारण देशमा विदेशी शक्तिहरुका विभिन्न षड्यन्त्र असफल भएको दाबी पनि गरेका छन् । उनले एकीकृत समाजवादी पार्टीकै अडानका कारणले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित पास भएको तथा एसपीपी सम्झौता रोक्ने रोकिएको दाबी गरेका हुन् । देशमा विदेशी शक्तिको चलखेल बढेको बताउदै सोही अन्तरगत विभिन्न खालका परियोजनाहरु आइरहेको टिप्पणी गरेका छन् ।

HAMRO DAIRY
Nav

प्रतिनिधिसभाबाट पारित भएको एमसीसी परियोजना विशुद्ध आर्थिक परियोजना हो की ? सैन्य रणनीतिको अंग हो ? भन्ने सवाल उठेपछि एकीकृत समाजवादी पार्टीको अडानका कारण व्याख्यात्मक घोषणासहित पारित भएको उनको दाबी छ ।

‘पूर्व एमालेले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न खोजेपछि तत्कालीन अवस्थामा पार्टीमा हामीले आफ्नो अडान राखेका थियौँ,’ नेपालले भने, ‘अहिले प्रतिनिधिसभाबाट पारित गर्दा पनि हाम्रै अडानका कारण व्याख्यात्मक घोषणासहित स्पष्ट पारिएको हो ।’ उक्त परियोजना एकतर्फी रुपमा कार्यान्वयन गर्न खोजेमा भंग गर्न सकिने पनि नेपालको दाबी गरे ।

विदेशी शक्तिको चलखेल अन्तरगत नै आएको एसपीपी परियोजना समेत आफूहरुकै अडानका कारण रोकिएको जिकिर गर्दै उनले गठबन्धन सरकार भएकै कारण रोकिएको अन्यथा पारित भइसक्ने दाबी गरे । नेपालले अहिले कायम रहेको गठबन्धन अगामी निर्वाचनसम्म रहने बताउँदै चुनाव अघि कुनै पनि पार्टीसँग एकता सम्भव नरहेको तर बाम शक्तिहरुबीचको एकता आवश्यक भएको उल्लेख गरेका छन् ।

‘वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि हामीले भूमिका खेलेका छौँ । अझै पनि विभिन्न हिसाबले विचार मिल्ने वाम शक्तिहरुसँग सहकार्य गरेर जान तयार छौँ,’ नेपालले भने, ‘यस अर्थमा संविधान मिच्ने काममा भूमिका नखेलेका, प्रगती र परिवर्तनको पक्षमा भएका तथा समाजवादको यात्रामा रहेका शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्छौँ ।’  नेकपा माओवादी पार्टीसँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचन अघि नै कुनै पार्टीसँग एकता नहुने स्पष्ट पारेका छन् ।
यो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...