बैतडीमा प्रधानमन्त्री कपका लागि खेलाडी छनौटमा मनोमानी गरिएको आरोप

Kailali hospital
Nisharg hospital

३ कात्तिक, धनगढी । बैतडीमा नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनौटमा मनोमानी गरेको आरोप लागेको छ । २० असोजभित्र खेलाडी छनौट गर्न पत्राचार गरिएको भएपनि जिल्ला क्रिकेट संघले भने ढिलो गरेर ३१ गतेभित्र छनौटका लागि सम्पर्क गर्न २८ असोजमा सूचना जारी गरेको थियो ।

फेसबुक पेजमा सूचना सार्वजनिक गर्दै क्रिकेट संघले खेलाडीहरुलाई छनौटका लागि सम्पर्क गर्न भनेको थियो । क्यानले असोज २० गते सबै जिल्लामा खेलाडी छनौट गर्न भनिएको भएपनि जिल्ला क्रिकेट संघले भने असोज २८ गते ३ दिनको समयमा तोक्दै खेलाडीलाई बोलाउन भनिएको थियो ।

अचम्म लाग्दो विषय के बनेको छ भने, जिल्ला क्रिकेट संघले खेलाडीहरुलाई छनौटका लागि सम्पर्क गर्न आह्वान गरिएकै दिन खेलाडीको नामावली प्रकाशन गरेको छ । खेलाडीहरुलाई छनौटमा सहभागि हुन भनिएकै दिन जिल्लाबाट खेलमा सहभागिता जनाउने खेलाडीको नाम प्रकाशन गरेपछि आफुखुसी छनौट गरेको पुष्टि भएको छ ।

३ दिनभित्र सम्पर्कमा आउने भनिएको भएपनि जिल्ला क्रिकेट संघले कुनै क्याम्पीन नै नचलाएर छनौट गर्यो । गत भदौमा राष्ट्रिय खेलकुदका लागि भएको धनगढीमा प्रदेशस्तरीय छनौट खेलमा बैतडी विजयी भएको थियो ।

Navjiwan hospital adv

सोहि छनौट प्रतियोगितामा सहभागिता जनाएकाहरुलाई प्रधानमन्त्री कप छनौट प्रतियोगितामा सहभागिता जनाउने भन्दै बिना क्याम्पीन नै खेलाडी छनौट गर्यो । केहि खेलाडीहरुले सहभागिताका लागि समय उपलब्ध नभएको भन्दै थपघट गरेको जिल्ला क्रिकेट संघले जनाएको छ । ‘वर्षादका कारण क्याम्पीन अर्थात छनौट खेल खेलाउन सकिएन, समय पनि अभाव थियो’ जिल्ला क्रिकेट संघका अध्यक्ष बिनोद चन्दले भने । तर २० गतेभित्रै छनौटको लागि बोलाइएको भए क्याम्पीन तथा छनौट गर्नका लागि समय प्रयाप्त थियो ।

तर खेलाडीहरुले छनौट खेल तथा क्यापीनको आयोजना नगरीकनै पिएम कप छनौट खेलमा सहभागिता जनाउन मनोमानी तवरले खेलाडी छनौट गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । क्यानले २० गतेभित्रै खेलाडी छनौट गर्न भनेको भएपनि जिल्ला क्रिकेट संघले २८ गते फेसबुकमा सूचना राखेर ३ दिनभित्र सम्पर्क गर्न भनिएको भन्दै तिब्र असन्तुष्टि जनाउदै आएका छन् ।

खेल क्षेत्रमै लागेर लामो समयदेखि अभ्यास गरीरहेका र खेलमा भविस्य खोजीरहेका थुप्रै खेलाडी भएको भएपनि उनिहरुलाई छनौटमा अवसर नदिएको असन्तुष्ट पक्षको भनाई छ । ‘खेलाडीहरुप्रति उच्च सम्मान छ, यी खेलाडी किन छनौट गरिए भनेर भन्दैनौ,’ एक खेलाडीले नाम नबताउने सर्तमा भने, ‘तर हामीलाई पनि अवसर दिनुपथ्र्याो, खेल देखाउने अवसर पनि दिइएन, यो दुःखद हो,’ उनले गुनासो पोखे ।

आफ्नै मनमर्जीले अघि बढ्न खोजे खेलकुदको विकास नहुने उनको भनाइ छ । जिल्ला क्रिकेट संघले बैतडीमा २ वर्ष भन्दाबढी देखि कुनै घरायसी प्रतियोगिताका खेलहरु सञ्चालन गर्न सकेको छैन । बिभिद कारण देखाउदै जिल्लाका क्रिकेट प्रतियोगिताको आयोजना गर्न नसकेको हो । कोरोनाको कारण र खेलमैदान अभावमा जिल्ला क्रिकेट संघले प्रतियोगिताको आयोजना गर्न नसकेको जिल्ला क्रिकेट संघका अध्यक्ष चन्दले बताए ।

अब लगत्तै बिडिसिए कपको आयोजनाको तयारी भइरहेको पनि जिल्ला क्रिकेट संघले जनाएको छ । आम चुनाव पछि प्रतियोगताको आयोजना गर्ने तयारी भइरहेको छ ।
जिल्लाको क्रिकेटको विकासका लागि दशरथचन्द नगरपालिका बाहेक अन्य पालिकाले चासो नदेखाउने गरेको पनि जिल्ला क्रिकेट संघको गुनासो रहेको छ ।

दशरथचन्द नगरपालिकाले विगतका दिन देखि महिला तथा पुरुष खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गर्ने गरेको छ भने जिल्ला क्रिकेट संघलाई सहयोग गर्दै आएको छ । पाटन नगरपालिकाले पनि यस वर्षको दोश्रो संस्करणको पिपिएल प्रतियोगिताका लागि आर्थिक सहयोग गरेको थियो ।

याे पनि हेर्नुस्
Loading...