वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउछौँ : रोजगार मन्त्री कुँवर

cp new add
Nisharg hospital

२७ असार, धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाइने बताएका छन् । सोमबार समावादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित र सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा आफू गम्भीर भएको बताउँदै त्यसका लागि आवश्यक पर्ने काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Nast Ad

‘श्रम गन्तव्यमा पर्ने देशहरुमा गएका मजदुरहरुको सुरक्षा कसरी गर्न सकिन्छ ? रोजगारीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सवालमा सम्बन्धीत देशका राजदुतहरुसँग पनि विभिन्न माध्यमले कुराकानी गरिरहेको छु,’ कुँवरले भने, ‘अब नीतिगत रुपमा कसरी अघि बढ्न सकिन्छ भनेर हामी अत्यन्त संवेदनशील भएर काम गर्नेछौँ ।’

उनले महिला श्रमिकलाई पनि वैदेशिक रोजगारीमा पठाउनुपर्ने माग उठिरहेकाले विदेशमा उहाँहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी कसरी हुन्छ ? भन्ने विषयमा समेत सरकार गम्भीर रहेको उल्लेख गरे । महिलाहरुले आफूलाई पूर्ण रुपमा सुरक्षाको अनुभूती गरेपछि श्रम गन्तव्यमा पठाउनुपर्छ भन्ने मान्यताका काम गर्ने कुँवरको भनाई थियो ।

उनले सामाजिक सुरक्षा कोष प्रभावकारी बनाएर थप श्रमिकहरुलाई कोषमा आवद्ध गराउने योजना पनि मन्त्रालयको रहेको बताएका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...