नेपाली सेनाद्वारा दार्चुला–तिङ्कर सडकको स्थलगत निरीक्षण

cp new add
Nisharg hospital
Ba n

धनगढी । नेपाली सेनाका जर्नेल किरण केसी  नेतृत्वको टोलीले दार्चुलामा निर्माणाधीन दार्चुला–तिङ्कर सडक आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

अनुगमनका क्रममा टोलीले सडक निर्माणको प्रगति, चुनौती र समग्र अवस्थाबारे जानकारी लिएको हो।

अनुगमनमा सहभागी सुदूरपश्चिम पृतनाका पृतनापति (उपरथी–जर्नेल) केसीले दार्चुला–तिङ्कर सडक आयोजनाले दुर्गम क्षेत्रको जनजीवन सहज बनाउने मात्र नभई राष्ट्रिय सुरक्षा र सीमावर्ती क्षेत्रको सुदृढीकरणका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद निरन्तर खटिएका नेपाली सेनाका जवानहरूको प्रशंसा गर्दै स्थानीय तहको सहयोगले निर्माण कार्य प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गरे।

सुदूरपश्चिम प्रदेशको अति दुर्गम तथा उच्च हिमाली भूभाग, जटिल भौगोलिक बनावट, सीमित स्रोतसाधन र प्रतिकूल मौसमका बीच नेपाली सेनाले दार्चुला–तिङ्कर सडक निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाइरहेको छ। दशकौँदेखि सडक सञ्जालको पहुँचबाट टाढा रहेको ब्याँस क्षेत्रका बासिन्दाका लागि यो सडक यातायातको साधन मात्र नभई आर्थिक, सामाजिक तथा सामरिक विकासको आधारका रूपमा लिइएको छ।

आयोजनाका अनुसार हालसम्म सडक ब्याँस गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने राङथलसम्म पुगेको छ, जहाँसम्म सवारी साधन सञ्चालन हुन थालेको छ। निकट भविष्यमै दुम्लिङसम्म सवारी साधन पुर्‍याउने लक्ष्य लिइएको आयोजनाले जनाएको छ। यसबाट दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधि तथा निर्माण सामग्री ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।

स्थानीयवासीका अनुसार सडक निर्माणले बसाइँसराइ न्यूनीकरण गर्ने, राज्यको उपस्थितिको अनुभूति गराउने तथा दुर्गम क्षेत्रका नागरिकलाई विकासको मूलधारसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्नेछ। ब्याँस क्षेत्रका बासिन्दाका लागि दार्चुला–तिङ्कर सडक आशा, सम्भावना र भविष्यको मार्गका रूपमा हेरिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...