सुदूरपश्चिमको बजेट संशोधन नभए छलफलमा भाग नलिने विपक्षी दलहरुको निर्णय

kmc

२८ असार, धनगढी । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले प्रदेश सरकारले ल्याएको बजेट संशोधन नगरेको अवस्थामा प्रदेशसभाको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेका छन् । मंगलबार बिहान बसेको प्रमुख प्रतिपक्षी दल एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको बैठकले बजेट संशोधन गर्नुपर्ने, सरकार संशोधन गर्न तयार नभएको अवस्थामा प्रदेशसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक जना प्रदेशसभा सदस्यकाअनुसार बजेट संशोधनको मागसहित प्रतिपक्षी दलले १४ बुँदे ध्यानाकर्षण पत्र मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउने तयारी गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले पनि विपक्षी दलको संयुक्त बैठक भर्खरै सम्पन्न भएको बताउँदै छलफलका लागि मुख्यमन्त्री भट्टले बोलाएकाले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गइरहेको जानकारी दिए ।

suklaphata

‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने हामी प्रतिपक्षी दलको संयुक्त बैठक बसेर बजेट संशोधन लगायतका विषयमा केही निर्णय गरेका छौँ,’ भट्टले अनलाइनखबरसँग भने, ‘ती निर्णयसहित अहिले मुख्यमन्त्री ज्यूले बोलाउनुभएको छलफलमा सहभागी हुन जादैछौँ । हाम्रा मागबारे सरकारको धारणा के आउँछ ? त्यसपछि थप कदमबारे परामर्श गछौँ ।’ अहिलेको बजेट सुदूरपश्चिम प्रदेशको विकास र समृद्धि भन्दा सरकारका मन्त्रीहरु समृद्ध बन्नेगरी ल्याइएकाले सच्याउनुपर्ने निष्कर्ष प्रतिपक्षी दलले निकालेका छन् ।

बजेटमाथि प्रतिपक्षी दल भन्दा पनि सत्तारुढ सांसदहरुबाट बढि आलोचना खेपिरहेको प्रदेश सरकारले अहिलेसम्म छलफल गर्न सकेको छैन । प्रदेशसभा सदस्यहरुकै विरोधका कारण पटक–पटक बैठक स्थगीत हुँदै आएको छ ।

बजेटमाथि छलफल गर्न सोमबार दिउँसो ३ बजे बोलाइएको बैठक सञ्चालनका लागि गणपूरक संख्या नपुगेको तथा प्रतिपक्षी दल सहभागी नभएको भन्दै सभामुख अर्जुनबहादुर थापाले मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगीत गरेका थिए । तर अहिलेसम्म बजेटमाथि छलफल गर्ने विषयमा दलहरुबीच ठोस सहमती नभइसकेका कारण फेरी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...