सुदूरपश्चिम सरकार र विपक्षी दलबीचको १४ बुँदे सहमतीसँगै प्रदेशसभाको अवरोध हट्यो

Nisharg hospital

९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई लिएर विपक्षी दलले राखेको माग पूरा गर्ने वचन दिएको छ ।  मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्री र विपक्षी दलका नेताहरुको बैठकमा नेकपा एमालेसहितका विपक्षी दलले बजेटमाथि राखेका १४ बुँदे माग पूरा गर्ने सहमति भएको हो ।

Navjiwan hospital adv

यो सहमतिसँगै प्रदेशसभामा विपक्षी दलहरुले गरेको अवरोध हटेको छ । आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठक बुधबार दिउँसो ३ बजे बस्ने बताए । उक्त बैठकमा बजेटमाथि छलफल गर्ने र बुधबार नै बजेट पारित गर्ने तयारी छ ।

हेर्नुस् सहमती पत्र र १४ बुँदे माग

 

याे पनि हेर्नुस्
Loading...