बुद्ध एयरको उडिरहेको जहाजभित्र चुरोट तान्ने युवक पक्राउ

Nisharg hospital

२९ असार, धनगढी । काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजभित्र चुरोट पिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण उपाध्याय रहेका छन् ।

उनलाई धनगढी विमानस्थलमा जहाज अवतरण भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपाध्यायले आकाशमा जहाज उडिरहेका बेला शौचालयमा गएर चुरोट पिएको धुवा उडेपछि केही बेर जहाजभित्र तनाव समेत सिर्जना भएको प्रहरीको भनाइ छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...