दार्चुलामा ट्रयाक्टर दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

cp new add
Nisharg hospital

६ कात्तिक, धनगढी । दार्चुलामा ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । शनिबार राति शैल्यशिखर नगरपालिका–६ मा सुपप्र ०२००१ त १४६७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nast Ad

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दार्चुलाबाट गोकुलेश्वरतर्फ आइरहेको उक्त ट्रयाक्टर अनियन्त्रित भएर सनाखत हुन नसकेका चालक र शैल्यशिखर नगरपालिका–५ बगौराका २३ वर्षीय सन्तोष डाँगाको मृत्यु भएको छ ।

ट्रयाक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यशिखर नगरपालिका–५ का २८ वर्षीय सुरेशसिंह डाँगा र सोही ठाउँ बस्ने २८ वर्षकै श्यामसिंह डाँगा छन् । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...