एकीकृत समाजवादीका सांसद तामाङद्वारा बजेटमाथिको छलफल बहिष्कार !

Nisharg hospital

२९ असार, धनगढी । पूर्व मन्त्री तथा सत्तारुढ नेकपा(एकीकृत समाजवादी) पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङले बजेटमाथिको छलफल बहिष्कार गरेका छन् । आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले गत असारमा ल्याएको अगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको बजेटमाथिको छलफल गर्न बसेको बैठक तामाङले बहिष्कार गरेका हुन् ।

बजेटमाथि असन्तुष्टि जनाउदै आएका उनले संशोधनको माग गर्दै आएका तामाङ प्रदेशसभा बैठकबाट बाहिरिएका हुन् । उनी निकट स्रोतकाअनुसार तामाङ बजेट छलफल गर्न योग्य समेत नभएको भन्दै बैठक चलिरहेका बेला हिडेका हुन् । तामाङले यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

आर्थिक मामिला मन्त्री रावल पनि एकीकृत समाजवादीबाटै प्रतिनिधित्व गर्छन् । प्रदेशसभाको बैठकमा उपस्थित भएपनि बजेटमाथिको छलफलमा समाजवादीका केही प्रदेशसभा सदस्यले मात्र सहभागीता जनाएका छन् । उनीहरुले सरकारले बजेटमा धेरै कमीकमजोरी गरेको भन्दै संशोधनको माग गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...