धनगढी पुगेर गठबन्धनका शिर्ष नेताले भने– संविधान र गणतन्त्र रक्षाका लागि भोट

cp new add
Nisharg hospital

६ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र गणतन्त्रको रक्षाका निमित्त सत्तारुढ गठबन्धनलाई मत दिन आह्वान गरेका छन् । धनगढीमा पाँच दलीय गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन गर्नुपरेको बताउँदै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।

Nast Ad

‘मुलुक अहिले गम्भीर मोडमा आइपुगेको छ । संविधान र गणतन्त्र बचाउनुपर्ने अहिलेको मूलभूत आवश्यकता हो, त्यसैका लागि हामीले गठबन्धन गरेका छौँ,’ देउवाले भने, ‘संविधानको रक्षाका निमित्त सुदूरपश्चिमबाट गठबन्धनका सबै उम्मेदवारलाई मत दिएर सबै गराउन आग्रह गर्दछु ।’ देश चुना

वपछि कता जाने ? भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको उनको भनाई थियो । भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताहरुलाई रुखमा भोट हाल्न नहिचकिचाउन आग्रह गरेका छन् । उनले परिवर्तनको रक्षाका निमित्त आर्थिक क्रान्ति अपरिहार्य रहेकाले गठबन्धनले मात्र क्रान्ति ल्याउन सक्ने दाबी गरेका छन् ।

बाम शक्ति र लोकतान्त्रिक शक्तिहरु मिलेर गएका बेला प्रतिगमन र प्रतिक्रान्तिबादी शक्तिहरु परास्त भएको बताउँदै उनले निरुङकुश प्रवृत्ती परास्त गरिएको जनाए । ‘हामी मिलेर गएको खण्डमा प्रतिगामी शक्तिहरु परास्त हुन्छन् । त्यसैले अहिलेको गठबन्धन गरिएको हो, चुनावको चिन्हको प्रश्नलाई लिएर अलमलमा नपर्न आग्रह गर्दछु ।’ प्रचण्डले भने । सात राजनीतिक दलको तर्फबाट गिरिजा प्रसाद कोइराला र आफूले माओवादीबाट हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता हुदै संविधान निर्माणमा गएकै बेला रुख चिन्हमा भोट हालेको उनको भनाई थियो ।

विस्तृत शान्ति सम्झौता हुँदै संविधान निर्माणको प्रक्रियामा गएकै दिन नेकपा माओवादीबाट मैले रुख चिन्हमा भोट हालेका हुँ । रुखमा छाप लगाइदिएको हो । गिरिजाप्रसाद कोइरालाले हसिया हतौडामा छाप लगाउनुभएको हो, प्रचण्डले भने, त्यसकारण चुनाव चिन्हलाई लिएर अलमलमा नपर्न र वगठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दछु ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताएका छन् । ‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुदैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुदैन ।’ गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुपर्ने उनले बताए । यस्तै सुदूरपश्चिममा गठबन्धन सफल बनाउनुपर्ने उनको भनाइ छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...