
७ कात्तिक, धनगढी । कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले आफ्नै घर नजिकै खेतमा धान थ्रेसरमा बेरिएर मृत्यु भएको बताए ।
उनकाअनुसार चौधरीको टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फसेर बेरिएपछि मृत्यु भएको हो । मृतकको शव घटनास्थलमै छ ।

