सुदूरपश्चिमका तीन जिल्लामा एमालेले एकैदिन चुनावी सभा गर्ने

cp new add
Nisharg hospital

८ कात्तिक, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लामा एकैदिन चुनावी सभा गर्ने भएको छ । अगामी कात्तिक १८ गतेदेखि दार्चुलाबाट चुनावी अभियान थालिरहेको एमालेले सोही दिन बैतडी र कञ्चनपुरमा समेत चुनावी सभा गर्ने भएको हो ।

Nast Ad

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउने एमाले प्रदेश कमिटिले जनाएको छ । प्रदेश कमिटिका अध्यक्ष दामोदर भण्डारीले मंसिर ४ मा हुने चुनावलाई लक्षित गर्दै राष्ट्र व्यापी चुनावी अभियानको प्रथम आमसभा दार्चुलामा हुने जानकारी दिए ।

सोही दिन बैतडी र कञ्चनपुरमा पनि आभसभा हुने बताउँदै भण्डारीलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली आउने जनाए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...