कैलालीमा छतबाट खसेका प्रहरी जवानका परिवारले शव बुझे, अन्त्येष्टि आजै

cp new add
Nisharg hospital

धनगढी । सोमबार राति निर्माणाधिन इलाका प्रहरी कार्यालय टीकापुरको छतबाट खसेर ज्यान गुमाएका प्रहरी जवान सन्देश चदाराका परिवारले शव बुझेका छन् ।

बुधबार टीकापुर अस्पतालमा परीक्षणको काम सकिएपछि उनका परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए । उनकाअनुसार चदाराको आजै अन्त्येष्टि भइरहेको छ ।

घटनाबारे भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...