कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ

cp new add
Nisharg hospital

१३ कात्तिक, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

Nast Ad

जिल्लाको बेलौरी नगरपालिका–६ स्थित महाकाली स्कुल नजिकैबाट लागुऔषध खैरोहिरोइनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ का २७ वर्षीय गजेन्द्र चन्द, ३३ वर्षीय रमेशसिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारी रहेका छन् ।

उनीहरुलाई सुपप्र०१००१ ज् १२८२ नम्बरको जीपसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चन्द जिपका चालक हुन् । उनीहरुको साथबाट ५४.७ ग्राम खैरोहेरोइन बरामद गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...