दार्चुला घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

cp new add
Nisharg hospital

१३ कात्तिक, धनगढी । महाकाली नदीपारि सडक निर्माणका क्रममा भारतीय पक्षले गराएको विस्फोटबाट उछिट्टएको ढुंगा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

Nast Ad

विस्फोटमा परी दार्चुलाको व्यास गाउँपालिकाका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको विषयमा आइतबार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो ।

‘गृहमन्त्रालयले घटनाको विस्तृत विवरणसहित पत्र पठाएपछि मन्त्रालयबाट आज बिहान १० बजे भारतको ध्यानाकर्षण गराउँदै राजदूतावासमार्फत उक्त नोट पठाइएको छ’, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘गृहमन्त्रालयको स्थलगत प्रतिवेदनका आधारमा सचेत गराउने, अनुरोध गर्ने र भन्नुपर्ने कुरा कूटनीतिक नोेटमा राखिएको छ ।’

परराष्ट्र मन्त्रालयका ती अधिकारीका अनुसार नोटमा मुख्य तीनवटा विषय समेटिएको छ । सीमावर्ती क्षेत्रमा यस्ता निर्माण कार्यहरू गर्दा स्थानीय प्रशासन र जनसमुदायलाई पूर्व सूचना दिन र सहकार्य गर्न आग्रह गरिएको छ ।

त्यस्तै निर्माण कार्य भइरहँदा जोखिम न्यूनिकरणका लागि सुरक्षाका उपायहरू अपनाएर मात्रै यस्ता प्रकारका कामहरू गर्न भनिएको छ । साथै अहिले भएको घटनामा पीडित महराको परिवारलाई राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

उक्त घटनापछि भारतीय पक्षले महराको परिवारलाई १६ लाख रुपैयाँ राहत रकम दिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...