
१३ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारका बेला भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार प्रदेशभर दशैँ र तिहारको समयमा २४ वटा सवारीसाधन दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।
उनीहरु मध्ये १८ जना गम्भीर घाइते भएका छन् भने २६ जना समान्य अवस्थाका रहेको प्रहरीले जनाएको छ । दशैँ र तिहारका बेला प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् ।
प्रहरीको तथ्यांकअनुसार १४ वटा मोटरसाइकल मात्र दुर्घटनामा परेका छन् । पाँच वटा जिप, कार, दुई वटा बस र बाँकी अन्य सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

