
१४ कात्तिक, धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका ४ को बुढीतोलामा दार्चुलाबाट धनगढी आइरहेको सुपप्र ००१ ज १२३४ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले दुर्घटनामा परेर दार्चुलाको नौगाड गाउँपालिका ४ का चार जना घाइते भएको जानकारी दिए ।
उनकाअनुसार घाइते हुनेमा ७४ वर्षीया लालीदेवी धामी, ३८ वर्षीय रघुनाथ जोशी, १४ वर्षीय अभिशेक ठगुन्ना र १६ वर्षीया सन्जु ठगुन्ना रहेका छन् ।
उनीहरुको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । चारै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

