आगलागी हुँदा तीन घर जलेर नष्ट

cp new add
Nisharg hospital

१४ कात्तिक, काठमाडौँ । उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आइतबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।

Nast Ad

आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताए ।
आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी २५ लाख, सन्तबहादुर मगरको घर, काठपातलगायत गरी १५ लाख र यज्ञबहादुर मगरको घरसहित छ लाख रुपैयाँबराबरको क्षति हुदाँ झण्डै ४६ लाख रुपैयाँको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए ।

एक्कासी सुरु भएको आगलागी साँझ नियन्त्रणमा आएको वडाध्यक्ष तामाङले बताए। स्थानीय र प्रहरी चौकी वेतेनीको सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका हुन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...