छठ मेला हेर्न गएका १४ वर्षीय बालकको छुरा प्रहार गरी हत्या

cp new add
Nisharg hospital

१४ कात्तिक, विराटनगर । मोरङको उर्लाबारीमा छठ पूजा हेर्न आएका झापाका बालकको छुरा प्रहारगरि हत्या गरिएको छ ।
मोरङ र झापाको सीमाना भएर बग्ने मावा खोलामा आयोजित छठ मेलामा आएका १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले बताए ।

Nast Ad

एसपी कोइरालाका अनुसार उर्लाबारी नगरपालिका–७ मावा खोलाको किनारमा आयोजित छठ पूजाको मेला स्थलमा झापाको दमक नगरपालिका–१० का १४ वर्षीय श्रेष्ठमाथि छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीको गोदाबारी अस्पताल हुँदै विर्तामोडको बिएण्ड सी अस्पताल पुर्यागइएको थियो । बीएण्डसीमा उपचारका क्रममा सोमबार विहान उनको मृत्यु भएको हो ।

‘पुरानो रिसिईबिका कारण छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ,’ कोइरालाले भने,‘ मृतक बालकको साथबाट पनि धारिलो हतियार भेटिएको रहेछ ।’

मावा खोलामा किनारमा आइतबार राति १०ः२५ बजे उनीमाथि छुरा प्रहार भएको थियो ।

पुरानो रिसिईबीका कारण हत्या भएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको मोरङका प्रहरी उपरीक्षक कोइरालाले बताए ।
प्रहरीका अनुसार छुरा प्रहारबाट बालकको बायाँ कोखामा गम्भीर चोट लागेको थियो ।

घटनाको अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न अन्यको खोजी भइरहेको एसपी कोइरालाले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...