
१४ कात्तिक, पर्सा । वीरगञ्ज महानगरपालिकाबाट ५ जनालाई जुवाखेलिरहेको अवस्थामा प्रहरिले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–९ गहवा स्थित रमेश खड्गीको खाजा नास्ता र मदिरा समेत खानपीन गर्ने होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– ८का ४० वर्षीय अशोक कुमार कानु, वीरगञ्ज महानगरपालिका–८ कै ३३ वर्षीय दिपलाल चौरसिया, वीरगञ्ज महानगलपालिका ७ का २५ वर्षीय अर्जुन तुरहा, वीरगञ्जि महानगरपालिका–१६ का ५० वर्षीय सानु शाही र वीरगञ्ज महानगरपालिका–५ का ४८ रमेश खड्गी रहेका छन्
।
उनीहरुको साथबाट प्रहरीले ९३ हजार १५० रकम नगद बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरूद्धको कसूर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

