
१४ कात्तिक, धनगढी । धनगढीबाट एक बालक बेपत्ता भएका छन ।

बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ नौरा बस्ने रमेश धामीका छोरा १० वर्षीय बालक सुशील धामी आइतबार बिहान ६ बजे धनगढीस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बेपत्ता भएका हुन ।
उनी आफ्ना काका जनक धामीसँग मन्त्रालयमा बस्दै आएका थिए । उनका काका मन्त्रालयमै कार्यरत छन ।
धामीका आफन्तले उनको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन ।
उनीहरुले हराएका बालक देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अपिल गरेका हुन । यता, प्रहरीले पनि बालकको खोजतलास गरिरहेको जनाएको छ ।

