गभर्नर अधिकारी बर्खास्तको माग गर्दै टीकापुरमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

cp new add
Nisharg hospital

३१ असार, धनगढी । नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै कैलालीको टीकापुरमा प्रदर्शन गरिएको छ । अखिल (क्रान्तिकारि)ले नेकपा एमालेले अधिकारीलाई अर्थ तथा योजना विभाग सदस्यमा राखेको भन्दै अखिल (क्रान्तिकारि) ले उनीविरुद्ध टिकापुर बजारको खडक चोकमा विरोध प्रदर्शन गर्दै बर्खास्त गर्नुपर्ने माग गरेको हो ।

Nast Ad

अखिल (क्रान्तिकारि) कैलालीका अध्यक्ष शिवराज सञ्ज्यालको अध्यक्षतामा भएको विरोध कार्यक्रमको प्रमख अथिति संगठनका केन्दीय सचिवालय सदस्य तथा कैलाली इन्चार्ज पदम काफ्ले थिए । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै काफ्लेले नेपाल राष्ट्र बैंक सञ्चालन ऐनअनुसार गभर्नर कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी भए नियुक्त गर्न अयोग्य हुने बताउदै अधिकारीलाई बर्खास्त गर्नुपर्ने बताए ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफ २१ उपदफा (क ) मा राजनिती दलको सदस्य वा पदाधिकारी भएको व्यक्ति गभर्नर, डिपुटी गभर्नर पदमा नियुक्त गर्न अयोग्य हुने  उल्लेख भएको बताउदै काफ्लेले अहिलेका गभर्नरले अमुख पार्टीको विभागमा सदस्य बस्दै ऐनकै धज्जी उडाएको टिप्पणी गरेका छन् । उनलाई तत्काल बर्खास्त नगरिएमा थप आन्दोलनका कार्यक्रम गर्ने अखिल क्रान्तिकारीले चेतावनी दिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...