बैतडीमा दलित संघका अध्यक्ष कोली काँग्रेसबाट निष्काशित

cp new add
Nisharg hospital
suchana

१४ कात्तिक, धनगढी । बैतडीमा नेपाली काँग्रेसले दलित संघका अध्यक्षसमेत रहेका नेता रमेश कोलीलाई पार्टीबाट निकालेको छ ।

कोलीलाई साधारण सदस्य समेत नरहने गरेर पार्टीबाट निकालिएको हो । काँग्रेस बैतडीका अनुशासन समिति संयोजक देवराज जोशीका अनुसार ५ वर्षसम्म पार्टीको सदस्य नरहने गरेर कोलीलाई कारबाही गरिएको छ ।

पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवार (बागी उम्मेदवार) को मुख्य प्रचारकको भूमिकामा रहेको भन्दै कोलीलाई कारबाही गरिएको जोशीले बताए ।

यस्तै काँग्रेसका पाटन नगरसभापति मानबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ ।

आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’उम्मेदवारलाई सहयोग गरेको भन्ने प्रमाण प्राप्त भएकाले उनलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...