
१४ कात्तिक, धनगढी । कैलालीमा भारतबाट आलुको बोरामा लागुऔषध लुकाइछिपाइ ल्याइरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

टिकापुर नगरपालिका–९ मा पर्ने खक्रौला चेक पोष्टमा चेकजाँचका क्रममा लागुऔषध खैरो हिरोइनसहित टीकापुरकै २५ वर्षीय सुरज चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले चौधरीले साईकलमा आलुको बोरा भित्र दुई वटा दाना काटेर लुकाईछिपाई ल्याइरहेको अवस्थामा २३ ग्राम ४१० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) बरामद गरिएको जानकारी दिए ।
चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

