
१४ कात्तिक, धनगढी । कैलालीमा ट्रयाक्टरमा आगलागी भएको छ ।

जिल्लाको जानकी गाँउपालिका–८ वनदेवीपुरका कर्णबहादुर चौधरीको धान थे्रसर गर्ने क्रममा जानकी–१ तोरैयापुरका रामफल चौधरीको से १ त ५२७७ नम्बरको ट्रयाक्टरमा आगलागी भएको प्रहरीले बताएको हो ।
सोमबार दिउँसो ट्रयाक्टरको इन्जिन तात्न गई एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आगलागीबाट कर्णबहादुर चौधरीको १ क्वीन्टल धान र २ डल्लब बराबरको पराल जलेर नष्ट भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । प्रहरी र स्थानीयको सहयोगमा उक्त आगो दिउँसो ३ बजे नियन्त्रणमा आएको बताइएको छ ।

